ओरालो लाग्दै सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
काठमाडौं । सुनको मूल्य घट्ने क्रम जारी छ । आइतबार सुनको मूल्य एक हजार तीन सय रूपैयाँले घटेर एक लाख १७ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ९५० कायम भएको छ ।
शुक्रबार स्थिर चाँदीको मूल्य आइतबार ३५ रूपैयाँले घटेर एक हजार ४२५ रूपैयाँमाक कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ४६० रुपैयाँ कायम भएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया