आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
काठमाडौं । सुनको मूल्य घट्ने क्रम जारी छ । आइतबार घटेको सुनको मूल्य सोमबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ घटेर एक लाख १७ हजार रूपैयाँमा कारोबार हुँदैछ ।
आइतबार सुनको मूल्य एक लाख १७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० कायम भएको छ ।
शुक्रबार स्थिर चाँदीको मूल्य आइतबार १५ रूपैयाँले घटेर एक हजार ४१० रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया