NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

नेपाल लाइफले गर्यो साढे ६९ अर्बको दाबी भुक्तानी

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको असोज मसान्तसम्ममा ६९ अर्ब ६२ करोड रूपैयाँ दाबी भुक्तानी गरेको छ । यस अवधिमा मृत्यु दावी भुक्तानी बापत ५ अर्ब ६८ करोड, परिपक्व दावी भूक्तानी बापत १९.७८ अर्व  र अग्रिम दावी भुक्तानी बापत २३.४४ अर्व दावी भुक्तानी गर्दै नेपालको बीमा क्षेत्रमा सर्वाधिक दावी भुक्तानी गर्ने कम्पनीको रुपमा नेपाल लाइफ स्थापित भएको छ ।

नेपालको बीमा क्षेत्रमा सर्वाधिक मृत्यु दावी भुक्तानी गर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले असोज मसान्त सम्ममा १३ हजार ५१२ जनाका हकवालाहरुलाई मृत्यु दावी भुक्तानी गरिसकेको छ ।  कम्पनीले Conventional अन्तर्गत ११ हजार १७७ जना लाई ३ अर्व ७१ करोड र बैदेशिक रोजगारी तर्फ २ हजार ३३५ जनालाई १ अर्व ९७ करोड भुक्तानी गरिसकेको छ ।

यस कम्पनीले आफ्नो दावी प्रक्रियालाई एकदम सहज बनाएको र दावीका निम्ति कागजात प्राप्त हुने बित्तिकै कम्पनी भुक्तान गर्न तत्पर रहेको छ । यस आर्थिक वर्षको पहिलो त्रैमासमा यस कम्पनीलाई प्राप्त भएको मृत्यु दावी भुक्तानी निवेदन मध्ये ९३ प्रतिशत दावी पर्छ्रयोट भई सकेको कम्पनीले जनाएको छ । सम्पुर्ण कागजात प्राप्त भएमा दुर्घटना खण्डमा मृत्यु दावी भुक्तानी ३ कार्य दिन भित्र र सामान्य मृत्यु दावी भुक्तानी ७ कार्य दिन भित्र नै भुक्तानी गर्ने यस कम्पनीले प्रबन्ध मिलाएको छ ।  यस अवधिमा ४६ प्रतिशत मृत्यु दावी भुक्तानी तीन दिन भित्र गरेको छ । यसै गरी ६७ प्रतिशत निवेदन एक हप्ता भित्र र ८१ प्रतिशत मृत्यु दावी भुक्तानी एक महिना भित्र कम्पनीले गरेको छ । कम्पनी १०० प्रतिशत दावी यथाशिघ्र भूक्तानी गर्न तत्पर रहेको तर आवश्यक कागजातहरु समयमा उपलब्ध नहुँदा केहि दावी भुक्तानी गर्न ढिलाई भएको कुरा कम्पनीले जनाएको छ ।  दावी भुक्तानी लिनका लागि चाहिने कागजातको बारेमा जानकारी गराउने अभिप्रायले कम्पनीले आफ्नो धभदकष्तभ मा समेत सूचना सम्प्रेषण गरेको छ । दावी भुक्तानी लिन चाहिने कागजातको बारेमा कुनै जिज्ञासा भए यस कम्पनीको दावी विभाग, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयमा सम्पर्क गर्न समेत कम्पनी आवहान गर्दछ । सम्पूर्ण कागजात प्राप्त भएको खण्डमा कम्पनीले न्युनतम अवधिमा नै भुक्तानी गर्ने आन्तरिक प्रणालीको विकाश गरिसकेको कुरा कम्पनीले जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गर्नको लागि आफ्नो आन्तरिक प्रणालीहरुलाई सुदृढ तथा प्रविधिमैत्रि बनाएको छ । यसै क्रममा यस कम्पनीले आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गर्दै न्युनतम समयमा मृत्यु दावी भुक्तानी गर्ने प्रबन्ध मिलाईएको कुरा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।

आर्थिक वर्ष २०७९।८० मा ९९.१३ प्रतिशत मृत्यु दावी भुक्तानी गर्दै नेपाल लाइफ सर्वाधिक मृत्यु दावी भुक्तानी गर्ने जीवन बीमा कम्पनी बन्न सफल भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७८।७९ मा कम्पनीले ९९.०७ प्रतिशत मृत्यु दावी भुक्तानी गरेको थियो । प्रभावकारी तरिकाले छिटोछरितो चुस्त, दुरुस्त रुपमा मृत्यु दावी भुक्तानी गर्न कम्पनी कटिबद्ध रहेको र  सम्पूर्ण कागजात प्राप्त भए लगत्तै भुक्तानी गर्ने प्रबन्ध गरेको कम्पनीले आगामी दिनमा समेत यसलाई निरन्तरता दिने प्रतिबद्धता प्रमुख कार्यकारी अधिकृत पराजुलीले व्यक्त गरेका छन् ।