NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

हिमालयन रिइन्स्योरेन्सको आजबाट आइपीओ खुला

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आज बुधबार (मंसिर २७) देखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेको छ । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी चुक्तापुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता आइपीओ सर्वसाधारणलाई जारी गर्न लागेको हो ।

सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला तथा बाँडफाँट भइसकेको छ । यस्तै, २ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर यस कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात १५ लाख कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट भएको छ । बाँकी २ करोड ४९ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आइपीओमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आवेदन  सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत यो आइपीओ भर्न सकिनेछ ।

आइपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा पुस ११ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

आइपीओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल प्रबन्धक रहेको छ ।