एकैदिन सुनको मूल्य २८०० रूपैयाँले उकालो, प्रतितोला कति पुग्यो ?

काठमाडाैं । आइतबारयता निरन्तर घटेको सुनको मूल्य बिहीबार भने उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य एक हजार ८ सय रूपैयाँले उकालो लागेर एक लाख १८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुनको मूल्य एक लाख १६ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार २५० कायम भएको छ ।
आज चाँदी ५५ रूपैयाँले बढेर एक हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया