विवाह पञ्चमीको रथ यात्राबाट बेपत्ता भएकी बालिका नग्न अवस्थामा मृत फेला
धनुषा । धनुषामा बुधबारदेखि हराइरहेकी एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।
धनुषाको सबैला नगरपालिका-९ कुसमहामा विवाहको मटकोर कार्यक्रमबाटै बेपत्ता ६ वर्षीया राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको हो । उनले लगाएका कपडा खाल्डो छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शवको प्रकृति हेर्दा बलात्कार गरी उनको हत्या भएको जस्तो देखिए पनि पोष्टमार्टमपछि मात्रै बलात्कार गरेर हत्या भए÷नभएको खुल्ने प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।
ती बालिका विवाहपञ्चमीको अवसरमा निकालिने मटकोरको रथ यात्रामा बुधबार सहभागी थिइन् । सतोखर पोखरीसम्म ती बालिका रथमै चढेर आएकी थिइन् । रथबाट २/३ जना युवकले उनलाई तल उतारेका थिए । सबैजना घर फर्किए पनि बालिका नफर्किएपछि उनको खोजी सुरु भएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया