NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । बिहीबार घटेको सुनको मूल्य शुक्रबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तीन सय रूपैयाँ बढेर एक लाख १९ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार बिहीबार सुनको मूल्य एक हजार ८ सय रूपैयाँले उकालो लागेर एक लाख १८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ५५० कायम भएको छ । आज चाँदी एक हजार चार सय ७० रूपैयाँमा कारोबार भइरहेको छ ।