चीनमा भूकम्प : १११ जनाको मृत्यु, दुई सयभन्दा बढी घाइते
एजेन्सी । उत्तर-पश्चिम चीनमा नेपाली समयअनुसार आज बिहान २ बजे गएको भूकम्पमा परेर कम्तीमा १११ जनाको मृत्यु हुनुका साथै २२० जना मानिसहरू घाइते भएको बीबीसीले जनाएको छ ।
कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । केही घण्टापछि सिन्जियाङ प्रान्तमा पनि भूकम्पको दोस्रो झट्का महसुस गरिएको छ।
भूकम्पले यातायात, सञ्चार, विद्युत आपूर्ति बन्द भएको छ । कतिपय स्थानमा पानीको आपूर्ति पनि रोकिएको छ । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक जाडो रहेकाले स्थानीय समस्यामा परेका छन् ।
त्यहाँको तापक्रम माइनस १३ डिग्री सेल्सियस भन्दा कम रहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया