चीनमा भूकम्प : १११ जनाको मृत्यु, दुई सयभन्दा बढी घाइते
एजेन्सी । उत्तर-पश्चिम चीनमा नेपाली समयअनुसार आज बिहान २ बजे गएको भूकम्पमा परेर कम्तीमा १११ जनाको मृत्यु हुनुका साथै २२० जना मानिसहरू घाइते भएको बीबीसीले जनाएको छ ।
कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । केही घण्टापछि सिन्जियाङ प्रान्तमा पनि भूकम्पको दोस्रो झट्का महसुस गरिएको छ।
भूकम्पले यातायात, सञ्चार, विद्युत आपूर्ति बन्द भएको छ । कतिपय स्थानमा पानीको आपूर्ति पनि रोकिएको छ । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक जाडो रहेकाले स्थानीय समस्यामा परेका छन् ।
त्यहाँको तापक्रम माइनस १३ डिग्री सेल्सियस भन्दा कम रहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया