कस्तो रहला आजको मौसम ?
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज बुधबार दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ।
कोशी, मधेश, बागमती गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीको अवस्था रहने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार हिमाली भेगमा पनि हिमपात र वर्षाको सम्भावना देखिएको छैन ।
त्यस्तै राति, देशभर आंशिक बदली देखि सामान्यतया मौमस सफा रहनेछ महाशाखाले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया