नेपाल क्लियरिङ हाउसको अध्यक्षमा रामु पौडेल
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा रामु पौडेल चयन भएका छन् ।
संस्थाको २३० औं सञ्चालक समितिको बैठकबाट पौडेल अध्यक्षमा सर्व-सम्मत चयन भएका हुन् ।
एक कार्यक्रमका बीच पौडेलले नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बमबहादुर मिश्रबाट अध्यक्ष पदको सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागीय परिवर्तन पश्चात नेपाल क्लियरिङ हाउसमा गरिंदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो ।
पौडेलसँग केन्द्रीय बैंकको विभिन्न विभागमा २२ वर्ष भन्दा बढी काम गरेको अनुभव छ । नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया