पूर्वमन्त्री न्यौपानेको निधन
कालीकोट । पूर्वसूचना तथा सञ्चार सहायकमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ ।
कलेजो रोगबाट पीडित उनको आज बिहान भक्तपुरस्थित सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा निधन भएको हो ।
मृगौला रोगबाट समेत पीडित रहनुभएका ६५ वर्षीय न्यौपानेको उपचारका क्रममा अस्पतालमै निधन भएको उनका आफन्त अधिवक्ता उमाकान्त न्यौपानेले जानकारी दिए । उनको तीन महिनादेखि प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको थियो । न्यौपानेका दुई छोरा र तीन छोरी छन् ।
विसं २०५१ मा कालीकोटमा नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका न्यौपाने २०५५ सालमा सूचना तथा सञ्चार सहायकमन्त्री भएका थिए । कालीकोटको रास्कोट नगरपालिका–८ फुकोट गाउँमा जन्मिएका न्यौपाने साविक फुकोट गाउँ विकास समितिको अध्यक्षमा समेत निर्वाचित भएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया