चार महिनामा वाणिज्य बैंकहरुको नाफा २० अर्ब ७३ करोड, कुनको कति ?
काठमाडाैं। चालु आर्थिक वर्ष ०८०/०८१ को कार्तिक महिनासम्ममा वाणिज्य बैंकहरुले २० अर्ब ७३ करोड रुपैयाँ बराबर खुद नाफा कमाएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार कार्तिक मसान्तसम्ममा सबैभन्दा बढी नबिल बैंकले २ अर्ब १६ करोड नाफा कमाएको छ । त्यस्तै दोस्रोमा ग्लोबल आइएमइ बैंकले १ अर्ब ९४ करोड नाफा कमाएको छ । सबैभन्दा नाफा कमाउने बैंकहरूमा नेपाल इनभेष्टमेन्ट मेघा बैंक तेस्रो स्थानमा छ । नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ८६ करोड नाफा कमाउन सफल भएको छ । त्यस्तै प्राइम बैंकले १ अर्ब ५३ करोड, हिमालयन बैंकले १ अर्ब ५० करोड नाफा कमाएको छ ।
एनआईसी एसिया बैंकले भने १ अर्ब ३७ करोड रूपैयाँ नाफा कमाएको छ । त्यसैगरी एनएमबी बैंकले १ अर्ब २३ करोड, राष्ट्रिय बैंकले १ अर्ब २० करोड, एभरेष्ट बैंकले १ अर्ब ८ करोड, प्रभु बैंकले १ अर्ब ५ करोड, स्टयाडर्ड चार्टड बैंकले ९८ करोड, कुमारी बैंकले ८८ करोड , सानीमा बैंकले ७७ करोड, माछापुच्छ्रे बैंकले ६७ करोड, नेपाल बैंकले ६६ करोड, सिटिजन्स बैंकले ५८ करोड, लक्ष्मीसनराइज बैंकले ५१ करोड र सिद्धार्थ बैंकले ३३ करोड रूपैयाँ खुद नाफा कमाएको छ ।
कृषि विकास बैंकको नाफा भने ऋणात्मक रहेको छ । कार्तिक महिनासम्म बैंकको खुद नोक्सानी २७ करोड ८० लाख रुपैयाँ रहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया