NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

चार महिनामा वाणिज्य बैंकहरुको नाफा २० अर्ब ७३ करोड, कुनको कति ?

काठमाडाैं। चालु आर्थिक वर्ष ०८०/०८१ को कार्तिक महिनासम्ममा वाणिज्य बैंकहरुले २० अर्ब ७३ करोड रुपैयाँ बराबर खुद नाफा कमाएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार कार्तिक मसान्तसम्ममा सबैभन्दा बढी नबिल बैंकले २ अर्ब १६ करोड नाफा कमाएको छ । त्यस्तै  दोस्रोमा ग्लोबल आइएमइ बैंकले १  अर्ब ९४ करोड नाफा कमाएको छ । सबैभन्दा नाफा कमाउने बैंकहरूमा नेपाल इनभेष्टमेन्ट मेघा बैंक तेस्रो स्थानमा छ । नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ८६ करोड नाफा कमाउन सफल भएको छ । त्यस्तै  प्राइम बैंकले १ अर्ब ५३ करोड, हिमालयन बैंकले १ अर्ब ५० करोड नाफा कमाएको छ ।

एनआईसी एसिया बैंकले भने १ अर्ब ३७ करोड रूपैयाँ नाफा कमाएको छ । त्यसैगरी एनएमबी बैंकले १ अर्ब २३ करोड, राष्ट्रिय बैंकले १ अर्ब २० करोड, एभरेष्ट बैंकले १ अर्ब ८ करोड, प्रभु बैंकले १ अर्ब ५ करोड, स्टयाडर्ड चार्टड बैंकले ९८ करोड, कुमारी बैंकले ८८ करोड , सानीमा बैंकले ७७ करोड, माछापुच्छ्रे बैंकले ६७ करोड, नेपाल बैंकले ६६ करोड, सिटिजन्स बैंकले ५८ करोड, लक्ष्मीसनराइज बैंकले ५१ करोड र सिद्धार्थ बैंकले ३३ करोड रूपैयाँ खुद नाफा कमाएको छ ।

कृषि विकास बैंकको नाफा भने ऋणात्मक रहेको छ । कार्तिक महिनासम्म बैंकको खुद नोक्सानी २७ करोड ८० लाख रुपैयाँ रहेको छ ।