पर्यटनमन्त्रीको अभिव्यक्तिप्रति रवि लामिछानेको आपत्ति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
लामिछानेले बिहीबार बिहान सामाजिक सञ्जालमा एक पोस्ट् लेख्दै संस्कृति मन्त्री किराँतीको पछिल्लो अभिव्यक्ति सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको उत्तेजक र गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गरेका छन् । पदीय गरिमाविपरीत खेदजनक अभिव्यक्ति दिएकाले मन्त्री पदमा बसिराख्न नमिल्ने लामिछानेको भनाइ छ ।
‘यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ?’ उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै फेसबुकमा लेखेका छन् ।
संस्कृति मन्त्री किराँतीले बुधबार आयोजित एक सार्वजनिक कार्यक्रममा हिन्दु र क्रिश्चियन धर्मबारे अभिव्यक्ति दिएका थिए । धर्मबारे उनले दिएको अभिव्यक्तिपछि चौतर्फी उनको आलोचना भइरहेको छ । खासगरी हिन्दु धर्म मान्नेहरूले उनको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै तत्काल पदबाट राजीनामा दिन माग गरिरहेका छन् ।
संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको,उत्तेजक,गैरजिम्मेवार,पदीय गरिमा बिपरीतको र अत्यन्तै खेदजनक छ।यस्तो गैर-जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने ब्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी…
— Rabi Lamichhane (@hamrorabi) December 21, 2023
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया