मधेस सरकारले माग्यो चिकित्सकलगायत १६० स्वास्थ्यकर्मी
काठमाडौं । मधेस प्रदेश सरकारले चिकित्सक, नर्सलगायत पदमा १६० जनशक्ति माग गरेको छ ।
मातहतका प्रादेशिक अस्पतालमा रिक्त स्वास्थ्यकर्मी करार सेवामा पदपूर्तिका लागि मधेस प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले बिहीबार विज्ञापन आह्वान गरेको छ ।
निर्देशनालयले सबैभन्दा धेरै २८ मेडिकल अधिकृत माग गरेको छ । त्यसैगरी, जनरल फिजिसियन, डेन्टल अधिकृत, अर्थोपेडिक सर्जन, एमडिजीपी र जनरल सर्जन १०/१० जना माग गरिएको छ ।
नर्सिङ अधिकृत, फार्मेसी अधिकृत, फिजियोथेरापिस्ट, डेन्टल सर्जन, यौन तथा छाला रोग विशेषज्ञ ६/६ जना माग गरिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा



प्रतिक्रिया