नेपाल बैंकका शेयरधनीको हुने भयो हात खाली

काठमाडाैं । नेपाल बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । लाभांश नबाँड्ने भएपछि यो वर्ष शेयरधनीको हात खाली हुने भएको छ ।
बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्ष भएको वित्तिय विवरण पारित गरी साधारणसभामा पेश गर्न स्वीकृतीका लागि नेपाल नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्न र शेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको जनाएको छ ।
प्रतिक्रिया