NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

वाणिज्य बैंकहरूको विभिन्न क्षेत्रमा ४४ खर्ब ६ अर्ब कर्जा लगानी, घरजग्गामा मात्रै २ खर्ब ११ अर्ब प्रवाह

काठमाडाैं । चालु आर्थिक वर्ष २०८०/०८१ को कार्तिक मसान्तसम्ममा वाणिज्य बैंकहरूले विभिन्न क्षेत्रमा कुल ४४ खर्ब ६ अर्ब ८४ करोड रूपैयाँ बरारबको कर्जा प्रवाह गरेको छ । नेपाल राष्ट्र बैकले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालममा रहेका २० वाणिज्य बैंकहरूले सो रकम बराबरको कर्जा विभिन्न क्षेत्रमा प्रवाह गरेको हो ।

वाणिज्य बैंकहरूले निर्माण क्षेत्र, घरजग्गा, फाइनान्स, बीमा, रियल स्टेट, सेयर धितोलगायतका विभिन्न क्षेत्रमा कर्जा प्रवाह गरेको छ ।

कार्तिक मसान्तसम्मा वाणिज्य बैंकहरूले बीमा, वित्त र घरजग्गा क्षेत्रमा ३ खर्ब १८ करोड रूपैयाँको कर्जा प्रवाह गरेको छ । जसमा वाणिज्य बैंकहरूले घरजग्गामा मात्रै २ खर्ब ११ अर्ब ८९ करोड रूपैयाँ बराबरको कर्जा लगानी गरेको देखिन्छ ।

त्यसैगरी कृषि, वन, पेयपदार्थ, गैरखाद्य क्षेत्र ७ खर्ब ९३ अर्ब ३३ करोड कर्जा प्रवाह भएको छ । जसमा बैंकहरूले कृषिमा मात्रै क्षेत्र ३ खर्ब २२ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै निर्माण क्षेत्रमा एक खर्ब ८१ अर्ब १७ करोड, यातायात, सञ्चार क्षेत्र ८३ अर्ब ४५ करोड, होलसेलर एण्ड रिटेलर क्षेत्र ९ खर्ब ५ अर्ब ९८ करोड, बिजुली ग्याँस पानी ३ खर्ब १३ अर्ब ८५ करोड कर्जा प्रवाह गरेको छ । त्यसैगरी उपभोग क्षेत्र ८ खर्ब ४ अर्ब ६२ करोड, पर्यटन क्षेत्र १ खर्ब ९० करोड, माछापालन १३ अर्ब ९५ करोड, खानी क्षेत्र १० अर्ब ८१ करोड,मेसिनरी, इलोक्ट्रोनिक क्षेत्र ६६ अर्ब २९ करोड, स्थानीय सरकार एक अर्ब १७ करोड, अन्य सेवा १ खर्ब ८२ अर्ब र अन्य क्षेत्रमा २ खर्ब ३६ अर्ब २७ करोड लगानी गरको छ ।

कुन प्रोडक्टमा कति कर्जा लगानी ?

बैंकहरूले प्रवाह गर्ने विभिन्न प्रोडक्टहरूमध्ये टर्म लोनमा १ खर्ब ८० अर्ब ५४ करोड लगानी भएको छ । त्यसैगरी सर्ट टम पुँजी क्षेत्रमा ८ खर्ब २६ अर्ब ४५ करोड कर्जा प्रवाह भएको देखिन्छ । चार महिनाको अवधिमा वाणिज्य बैकहरूले ओभर ड्राफ्ट कर्जा, ४२ अर्ब ५५ करोड, मार्जिन कर्जा ६३ करोड, हायर पर्चेच लोन ६३ अर्ब ६० करोड र अन्य प्रडक्टमा ३ खर्ब ७८ अर्ब ६४ करोड कर्जा प्रवाह गरेका छन् ।