NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

मौसम : पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै राति, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली हुनेछ भने बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकाको अहिले बिहानको तापक्रम ६ डिग्री सेल्सियस रहेको छ। दिउँसो १७ देखि १९ को बीचमा रहने मौसमविद् रोजन लामिछानेले बताए ।