नेपाल आयल निगमले कार्यकारी निर्देशकका लागि माग्यो आवेदन

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको छ । निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले खुल्ला प्रतिस्पर्धामार्फत पदपूर्ति गरिने जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिम योग्यता पुगेकाले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
योग्य र इच्छुक नेपाली नागरिकले २१ दिन भित्र मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरबार, काठमाडौंमा दरखास्त दिन सक्नेछन् ।
उक्त पदका लागि आवश्यक योग्यता, अनुभव, पेश गर्नुपर्ने कागजातलगायत विस्तृत विवरण मन्त्रालयको वेबसाइट https://www.moics.gov.np/np गएर हेर्नका लागि सूचनामा अनुरोध गरिएको छ ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया