दुई प्रदेशमा आज हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आइतबार दुई प्रदेशमा हिमपात हुनसक्ने प्रक्षेपण गरेको छ ।
महाशाखाले तीन दिने बुलेटिन सार्वजनिक गर्दै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ ।
सोमबार र मंगलबार पनि वर्षाको सम्भावना छैन । महाशाखाका अनुसार, सोमबार र मंगलबार केही स्थानमा बदली रहे पनि सामान्यतया मौसम सफा रहने छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया