NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

कार्तिक मसान्तसम्ममा नीर्जीवन बीमा कम्पनीको व्यवसाय १२ अर्बमाथि, कुन कम्पनीको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष ०८०/८१ को कार्तिक सम्ममा नीर्जीवन बीमा कम्पनीहरूले व्यवसायबाट १२ अर्ब ७३ करोड ४ लाख बीमाशुल्क संकलन गरेको छ । सञ्चालनमा रहेका १४ नीर्जीवन बीमा कम्पनीहरूले उकत बीमा शुल्क संकलन गरेको हो ।

सो अवधिमा कम्पनीहरूले ८ लाख ८८ हजार ८७४ बीमालेख जारी गरेका छन् ।

कार्तिकमा मात्रै अर्ब २८ करोडको व्यवसाय

चालु आवको कार्तिकमा मात्रै कम्पनीहरूले व्यवसायबाट २ अर्ब २८ करोड ४८ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेका छन् । उक्त अविधमा कम्पनीहरूले २ लाख ७ हजार ४१० वटा बीमालेख जारी उक्त सोही बराबरको रकम संकलन गरेको हो ।

कुल बीमाशुल्क संकलनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स अघि

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार कुल बीमाशुल्क संकलनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । चालु आवको कार्तिकसम्ममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले एक अर्ब ६० करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सो अवधिमा ९६ हजार २३३ बीमालेख जारी गरी सो रकम संकलन गरेको हो ।

त्यस्तै दोस्रोमा सिदार्थ प्रिमियर इन्स्योरेन्सले एक अर्ब ३३ करोड ३८ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले सोही अवधिमा एक लाख १ हजार ७२ लाख बीमालेख जारी गरेको छ । सिदार्थ प्रिमियर इन्स्योरेन्सले कार्तिकमा मात्रै २६ करोड ८२ लाख बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्यांक छ ।

तेस्रोमा शिखर इन्स्योरेन्स कम्पनीले ९५ हजार ८६० बीमालेख जारी गरी एक अर्ब २७ करोड ३५ लाख बीमा शुल्क संकलन गरेको छ ।

यस्तै हिमालयन एभरेष्ट, एक अर्ब १३ करोड ३६ लाख, आइजिआइ प्रुडेन्सियल एक अर्ब ९ करोड ३७ लाख, नेको इन्स्योरन्सले एक अर्ब ५ करोड ९४ लाख बीमा शुल्क संकलन गरेका छन् । यसैगरी युनाइटेड अजोड इन्स्योरेन्स ८६ करोड ८३ लाख, एलएलजी इन्स्योरेन्स ८३ करोड ६२ लाख, सानिमा जिआइसी इन्स्योरेन्स ७१ करोड ६७ लाख , प्रभु इन्स्योरेन्स ७० करोड ६१ लाख, दि ओरेन्टियल ५८ करोड ९९ लाख, राष्ट्रिय बीमा कम्पनी ५८ करोड ५५ लाख, नेपाल इन्स्योरेन्स कम्पनी ४९ करोड ६१ लाख र नेशनल इन्स्योरेन्सले कम्पनी ४३ करोड १७ लाख कुल बीमा शुल्क संकलन गरेको बीमा प्राधिकरणको तथ्यांक छ ।

लघु बीमा

सञ्चालनमा रहेका दुइ लघु बीमा कम्पनी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सले कार्तिकसम्ममा एक करोड ६७ लाख बीमाशुल्क संकलन गरेको छ । जसमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २२ करोड ४५ लाख र नेपाल माइक्रो इन्स्योरेन्सले ३४ करोड ३ लाख बीमाशुल्क संकलन गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष