NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

चार महिनामा जीवन बीमा कम्पनीको कुल व्यवसाय ४९ अर्ब, कुन कम्पनीको कति ?

काठमाडाैं । जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष ०८०/०८१ को चैत्रसम्ममा ४९ अर्ब रूपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार कार्तिक मसान्तसम्ममा ४९ अर्ब ४४ करोड ११ लाख बीमा शुल्क शुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १४ बीमा कम्पनीहरुले १ करोड ३७ लाख १४ हजार ५४७ बीमा पोलिसी बिक्री गर्दा सो बीमा शुल्क आर्जन गरेका हुन् ।

सोही अवधिमा कम्पनीहरूले ८ अर्ब ६२ करोड ८५ लाख प्रथम बीमा शुल्क संकलन र ४० अर्ब ८१ करोड २६ लाख नबीकरणीय शुल्क संकलन गरेको छ ।कम्पनीहरूले कार्तिका मात्रै ८ लाख ६३ हजार ६४ लाख कुल बीमा संकलन गरेको छ । कम्पनीहरूले ३ लाख २४ हजार ३५५ वटा बीमालेख जारी गरी सो बराबरको  शुल्क संकलन गरेको हो । सोही अवधिमा कम्पनीहरूले ६ अर्ब ७३ करोड ६ लाख नविकरण शुल्क संकलन गरेको छ । कम्पनीहरूले कार्तिकमा ६ अर्ब ७३ करोड ६ लाख नवीकरणीय शुल्क र एक अर्ब ९० करोड ५८ लाख प्रथम बीमा शुल्क संकलन गरेको छ ।

धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ अगाडि

सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले कार्तिकसम्ममा १३ अर्ब ४३ करोड ७६ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । सोही अविधसम्ममा नेपाल लाइफले प्रथम बीमा शुल्क मात्रै २ अर्ब ११ करोड ३० लाख रूपैयाँ संकलन गरेको छ । कार्तिकमा मात्रै कम्पनीले २ अर्ब ४८ करोड ७५ लाख बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्यांक छ ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कोअपरेशन

धेरै बीमा शुल्क आर्जन गर्ने दोस्रो कम्पनीमा लाइफ इन्स्योरेन्स कोअपरेशन छ । सो कम्पनीले कार्तिक मसान्तसम्ममा ५ अर्ब ५६ करोड ६९ लाख रूपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । इन्स्योरेन्सले कार्तिकमा मात्रै ८८ करोड ६६ लाख कुल बीमा शुल्क संकलन गरेको छ ।

तेस्रोमा हिमालयन लाइफ इन्स्योरेन्स

धेरै बीमा शुल्क आर्जन गर्ने तेस्रो कम्पनीमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले कार्तिक मसान्तसम्ममा ५ अर्ब ३६ करोढ ५६ लाख कुल बीमा शुल्क संकलन गरेको छ । अन्य जीवन बीमा कम्पनीहरूमा नेशनल लाइफ इन्स्योरेन्स ५ अर्ब २९ करोड ३५ लाख,राष्ट्रिय जीवन बीमा कम्पनी ४ अर्ब २३ करोड एक लाख,एशिएन लाइफ इन्स्योरेन्स कम्पनी २ अर्ब ३६ करोड ५१ लाख,सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स एक अर्ब ८९ करोड ५३ लाख, सिटिजन्स लाइफ इन्स्योरेन्स एक अर्ब ७८ करोड ७० लाख, मेट लाइफ एक अर्ब ७१ करोड ५४ लाख, आइएमइ लाइफ इन्स्योरेन्स एक अर्ब ३० करोड ३४ लाख,रिलायबल लाइफ इन्स्योरेन्स एक अर्ब २१ करोड २६ लाख, सन नेपाल लाइफ इन्स्योरेन्स एक अर्ब १२ करोड ८२ लाख  र प्रभु महालक्ष्मी एक अर्ब ३७ करोड ३७ लाख बीमा शुल्क संकलन भएको छ ।