कोरोनाको नयाँ भेरियन्ट जेएन-१ कति घातक ?

एजेन्सी । कोभिड-१९ माहामारीपछि फेरी कोरोनाको त्रास फैलिएकाे छ । यतिबेला भारतमा कोरोनाको नयाँ भेरियन्ट जेएन-१ ले धेरैमा संक्रमण गराएको छ भने केहीको मृत्युसमेत भइसेकेको छ ।
छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै नेपालमा पनि यसकाे जाेखिम उच्च हुन्छ । विगतमा पनि छिमेकी मुलुकमा देखिएका कोरोनाका नयाँ प्रजाति नेपालमा देखिइसकेका छन् । यसले गर्दा नेपाल पनि जेएन-१ नफैलिएला भन्न सकिने अवस्था छैन् ।
भारतको केरलामा देखिएको कोरोनाको नयाँ भेरियन्ट जेएन-१ त्यति धेरै घातक भने नभएको बताइन्छ । कोभिड विशेषज्ञ समितिका सदस्य डा अनिश टीएसले बिबिसीलाई भनेका छन्, ‘ १०० पोजिटिभ केसमध्ये ५० प्रतिशतमा यो भेरियन्टले कुनै लक्षण देखापर्दैन। यो भेरियन्ट घातक नभएता पनि अत्यधिक संक्रामक रहेको छ । जेएन-१ एक व्यक्तिबाट अर्को व्यतिमा फैलन भने समय लाग्दैन् । विश्व स्वास्थ्य संगठनले याे भेरियन्ट लाई ‘भेरिएन्ट अफ इन्ट्रेस्ट’ भनेकाे छ ।
अहिलेसम्म ४० भन्दा धेरै देशमा यो नयाँ भेरियन्ट फैलिसकेको छ । भाइरस नाकबाट निस्कने कणहरू मार्फत हावामा फैलिन्छ। यो इन्फ्लुएन्जाभन्दा खतरनाक भएको हुँदा वृद्धवृद्धा र दीर्घ रोगीहरुले विशेष ध्यान दिनुपर्ने चिकित्सक बताउँछन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया