NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

बजारमा अधिक तरलता कायमै, ३५ अर्ब खिच्दै राष्ट्र बैंक

काटमाडाैं । बजारमा अधिक तरलता  भएपछि निक्षेप संकलनमार्फत नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ  ।

बैंकले  सोमबार एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलनमार्फत् ३५ अर्ब रुपैयाँ निष्काशन गर्ने भएको हो । पुसमा यो पाँचौँपटक राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो।

राष्ट्र बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

साँवा र ब्याज भुक्तानी मिति पुस २५ गते निर्धारण भएको छ । ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय सस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।