समाजवादी मोर्चाको बैठक बालुवाटारमा जारी
काठमाडौं । संरचना विस्तार र आगामी कार्ययोजनाबारे छलफल गर्न समाजवादी मोर्चाको बैठक बालुवाटारमा जारी छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलीय समाजवादी मोर्चाको बैठक बसेको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार सरकारको एक वर्षको समीक्षाकासाथै आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल भइरहेको छ ।
पछिल्लो समय निष्क्रिय रहेको मोर्चालाई क्रियाशील तुल्याउन सहभागी दलहरू सक्रिय भएका छन् ।
२०८० असार ४ गते नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुले समाजवादी मोर्चा गठन गरेका थिए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया