समाजवादी मोर्चाको बैठक साँझ पुन: बस्ने
काठमाडौं । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठक सकिएको छ ।
बैठक बुधबार साँझ ६ बजे पुनः बस्ने गरी सकिएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।
बैठकमा यसबीचमा भएका गतिविधिको रिपोर्टिङ भएको र आगामी गतिविधिबारे समय लिएर छलफल गर्नुपर्ने भएकाले बैठक साँझ ६ बजे पुनः बस्ने पाण्डेले बताए ।
पछिल्लो समय निष्क्रिय रहेको मोर्चालाई क्रियाशील तुल्याउन सहभागी दलहरू सक्रिय भएका छन् ।
२०८० असार ४ गते नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुले समाजवादी मोर्चा गठन गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया