आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौं । मंगलबार बढेको सुनको मूल्य बुधबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले बढेर एक लाख २० हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।आज तेजावी सुनको मूल्य एक लाख २० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदीको भाउ भने घटेको छ । महासंघका अनुसार बुधबार चाँदी १० रूपैयाँले घटेर एक लाख ४७५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
प्रतिक्रिया