आजको मौसम : तीन प्रदेशमा आंशिक बदली

काठमाडौं । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यद्यपि, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली भने नभएको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
त्यस्तै, राति कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
देशभरिको तापक्रम घट्दो अवस्थामा रहेकाले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन भने महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया