‘डिग्री माइला’ मा यस्तो देखिए दयाहाङ
काठमाडौं । अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘डिग्री माइला: एमए थर्ड क्लास’ को आधिकारिक पोष्टर आउट गरिएको छ ।
बैशाख १ गते प्रदर्शन तयारीमा रहेको सो फिल्मको बिहीवार सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राईको ‘क्यारेक्टर लुक्स’ चित्रण छ ।
रामबाबु गुरुङ निर्देशित शैक्षिक बेरोजगारको कथा बोकेको यो फिल्मको पोस्टरमा चस्मा लगाएको दयाहाङलाई गम्भीर पात्रका रुपमा चित्रण गरिएको छ ।
नेपालको शिक्षा प्रणाली र त्यसको उत्पादनशिलताको कथावस्तुमा बनेको फिल्ममा दयाहाङले शीर्ष पात्रको भूमिकामा अभिनय गरेका छन् ।
बाँसुरी फिल्मस र सुष्मा प्रोडक्सनले फिल्म निर्माणमा सहकार्य गरेका छन् । फिल्ममा दयाहाङको अलवा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतको अभिनय रहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया