NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला एक हजार तीन सयले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २२ हजार रूपैयाँमा कायम भएको छ जुन हालसम्मकै उच्च हो।

त्यस्तै, आज तेजाबी सुनको मूल्य भने प्रतितोला एक लाख २१ हजार चार सय रूपैयाँ कायम गरिएको छ।

बुधबार नेपाली बजारमा एक लाख २० हजार सात सय रूपैयाँ प्रतितोलामा छापावाल सुनको कारोबार भएको थियो ।

यस अघि गत मंसिर १८ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । सो दिन सुन प्रतितोला एक लाख २१ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

आज बजारमा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर एक हजार चार सय ९० रूपैयाँ कायम गरिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष