पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेकाले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने

काठमाडौं । पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्याद यही पुस १६ देखि १८ गतेसम्म मात्र भएको बताएको छ ।
पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका सुरज पाठकसहित १८ जना परीक्षार्थीले उत्पादन क्षेत्रमा पनि आवेदन फाराम भर्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि विभागका नाममा ‘निवेदकको माग बमोजिम गर्न’ उक्त अदालतले विभागका नाममा आदेश जारी गरेसँगै परीक्षार्थीलाई दुवै क्षेत्रमा काम गर्न भाषा परीक्षामा सहभागी गराउने निर्णय विभागले गरेको हो ।
ताजा अपडेट
-
१२ देशका नागरिकलाई अमेरिकामा प्रतिबन्ध लगाउन ट्रम्पले गरे घोषणापत्रमा हस्ताक्षर
-
संसद्का दुवै सदनको आज बैठक, बजेटमाथि छलफल मुख्य एजेन्डा
-
पोर्चुगल नेसन्स लिगको फाइनलमा, जर्मनी पराजित
-
अबदेखि घरजग्गा कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने, कारण यस्तो छ
-
सार्वजनिक यातायात सेवामा बन्द-हडताल नगर्न सर्वोच्चको आदेश
प्रतिक्रिया