प्राधिकरणले काट्यो थप १४ उद्योगको विद्युत्
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले थप १४ उद्योगको विद्युत् लाइन काटिदिएको छ । प्राधिकरणको बिजुली उपभोग गरेबापतको महसुल लामो समयदेखि भुक्तानी नगरेपछि प्राधिकरणले यी उद्योगहरूको विद्युत् कटौती गरिदिएको हो ।
डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत उपभोग गरेर प्रिमियमसहितको महसुल नतिरेका थप १४ उद्योगको विद्युत् आपूर्ति बन्द गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
यी उद्योगको बक्यौता पाँच करोडभन्दा माथि रहेको बताइएको छ ।
लामो समयदेखि विद्युत् उपभोगबापतको महसुल नबुझाएपछि नेपाल विद्युत् प्राधिकरणले कठोर नीति लिँदै विद्युत् आपूर्ति बन्द थालेको छ । यसअघि ५९ उद्योगको पनि प्राधिकरणले बिजुली काटिदिएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया