प्राधिकरणले काट्यो थप १४ उद्योगको विद्युत्
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले थप १४ उद्योगको विद्युत् लाइन काटिदिएको छ । प्राधिकरणको बिजुली उपभोग गरेबापतको महसुल लामो समयदेखि भुक्तानी नगरेपछि प्राधिकरणले यी उद्योगहरूको विद्युत् कटौती गरिदिएको हो ।
डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत उपभोग गरेर प्रिमियमसहितको महसुल नतिरेका थप १४ उद्योगको विद्युत् आपूर्ति बन्द गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
यी उद्योगको बक्यौता पाँच करोडभन्दा माथि रहेको बताइएको छ ।
लामो समयदेखि विद्युत् उपभोगबापतको महसुल नबुझाएपछि नेपाल विद्युत् प्राधिकरणले कठोर नीति लिँदै विद्युत् आपूर्ति बन्द थालेको छ । यसअघि ५९ उद्योगको पनि प्राधिकरणले बिजुली काटिदिएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया