NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

ग्लोबल आईएमई बैंक : मर्जर नीतिमा सफल, वित्तीय सूचकांकमा अब्बल

यस्तो छ वित्तीय क्षेत्रको ‘रोल मोडल’ ग्लोबल आईएमईको इतिहास

काठमाडौं । ‘सबैका लागि बैंक’ भन्ने मूल नारालाई आत्मसात गरेर अघि बढिरहेको ग्लोबल आइएमई बैंक स्थापनाको छोटो समयमै सफलताको फड्को मार्न सफल भएको छ । बैंक यहाँसम्म आइपुग्दा वित्तीय क्षेत्रमा छुट्टै पहिचान बनाइसकेको छ ।

बैंक खुद नाफा, वितरणयोग्य नाफा, शुल्क तथा कमिसन आम्दानी, पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगातका आधारमा एक नम्बरमा छ । गत वर्ष बैंक अफ काठमाण्डू (बीओके) लाई गाभेर एकीकृत कारोबार शुरु गरेसँगै ग्लोबल आईएमई बैंक आकार र वित्तीय सूचकमा झन् ठूलो भएर देशकै ‘नम्बर वान बैंक’ बन्न पुगेको छ । यति मात्रै नभएर दक्ष जनशक्ति, ब्राण्ड इमेजमा समेत ग्लोबल ‘नम्बर वान बैंक’ को रूपमा स्थापित भएको छ । हाल ग्लोबलको देशभर चार लाखभन्दा बढी कर्मचारी छन् । सम्पूर्ण नागरिकलाई बैंकिङ पँहुच पु¥याउन ग्लोबल अघि बढ्दै छ ।

देशकै नम्बर वानबैंक

प्रतिस्पर्धाको समयमा आफ्नो संस्थालाई अब्बल साबित गर्न बैंकहरूले प्रयत्न गर्ने गरेका छन् । ग्लोबलले पनि स्वाभाविक रूपमा त्यो यत्न ग¥यो । फलतः यो बैंक अहिले धेरैभन्दा धेरै ग्राहकलाई विश्वास दिलाउन सफल भएको छ ।

ग्लोबल आईएमई बैकको भर्खरै सम्पन्न १७औं वार्षिक साधारणसभामा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अधिकांश वित्तीय सूचकमा ग्लोबल नेपालको पहिलो बैंकको रूपमा दरिएको दाबी गरे । ग्लोबल आईएमई बैंक वित्तीय सूचक आकारको हिसाबले पनि अरु बैंकभन्दा अगाडि नै देखिन्छ ।

त्यसो त, आकार र वित्तीय सूचकांकमा मात्र ठूलो भएर नम्बर वान बैंक बन्ने होइन । ग्लोबल आईएमई बैंकले साँच्चै मुलुकको वित्तीय क्षेत्रमा समेत रचनात्मक र गुणात्मक परिवर्तन ल्याउने गरी बृहत् पुँजी वृद्धिको संकल्पसहित मर्जर नीतिलाई प्राथमिकता दिँदै आएको छ । अध्यक्ष ढकाल ग्लोबल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको ‘लिडर’ भएको बताउँछन् । मर्जर नीतिमा ग्लोबलले लिडरको भूमिका निभाएर अघि बढेको छ । हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्था ग्लोबल आइएमई बैंकमा समाहित भइसकेका छन्  । नेतृत्वको उपयुक्त मर्जर नीतिले छोटो समयमा नै यो बैंक देशकै ‘नम्बर वान’ बन्न सफल भएको छ ।

ठूलो आकारको बैंक बनेसँगै ठूला पूर्वाधार निर्माणमा लगानी गर्न र यस्तो कठिनाइ भोगिरहेका उद्योग व्यवसायीका लागि समेत यसले राहत दिएको छ । सबै क्षेत्र र समाजका ग्राहकहरूलाई उच्चस्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै बैंकले आमजनमानसमा ‘सबैका लागि बैंक’ भन्ने दृष्टिकोणसहित बैंकिङ्ग सेवा प्रबाह गरिरहेको छ  ।

उत्कृष्ट वित्तीय सूचक

ग्लोबल आइएमई बैंक वित्तीय सूचकका आधारमा पनि सबैभन्दा अब्बल छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ग्लोबलले १ अर्ब २२ करोड ५७ लाख ५४ हजार रूपैयाँ नाफा कमाउन सफल भएको छ । जुन गत आ.वको सोही अवधिको भन्दा बढी हो । गत आ.व.को सोही अवधिमा बैंकको नाफा १ अर्ब १८ करोड ९५ लाख ४५ हजार रूपैयाँ थियो ।

पहिलो त्रैमासमा बैंकको निक्षेप पनि बढेको छ । गत आ.व.को सोही अवधिको तुलनामा बैंकको निक्षेप ३.९१ प्रतिशतले बढेको हो । त्यस्तै, बैंकको कर्जा गत  आ.व.को सोही अवधिको तुलनामा ०.२७ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको व्यवसाय विस्तार, ब्याज आम्दानी, सञ्चालन खर्च र खुद शुल्क तथा कमिसन आम्दानी वृद्धि भएको छ । साथै, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ८० करोड रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकले खुद ब्याज आम्दानी ३ अर्ब २० करोड रूपैयाँ गरेको थियो । यस अवधिमा बैंकको सञ्चालन आम्दानी पनि गत वर्षको तुलनामा ७८ करोड रूपैयाँले बढेको छ । गत वर्षको यस अवधिमा बैंकले ३ अर्ब १४ करोड सञ्चालन आम्दानी गरेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा ३ अर्ब ९ अर्ब ९२ करोड रूपैयाँ गरेको छ । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३२ करोड ३३ लाख रूपैयाँ रहेको छ भने प्रति शेयर वितरणयोग्य मुनाफा ९ रूपैयाँ ९६ पैसा रहेको छ । ३५ अर्ब ७७ करोड १० लाख रूपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ४३ करोड रूपैयाँ सञ्चित छ ।

डिजिटल बैंकिङ

निक्षेप तथा कर्जा सेवाका साथसाथै बैंकले प्रविधिमा आधारित आधुनिक सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ । ग्राहकले बढीभन्दा बढी डिजिटल च्यानल  प्रयोग गरोस् भन्ने चाहाना राख्दै आएको बैंकले विभिन्न सचेतना कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ ।

डिजिटलमार्फत बैंकिङ कारोबार गर्दा स–साना कामको लागि बैंकसम्म धाइरहनुपर्र्दैन । बैंकमा आउँदा, जाँदा खर्चिने समयको बचत हुन्छ । अहिले घरबाटै बैंकमा खाता खोल्ने, फन्ड ट्रान्सफर, अनलाइनबाटै लोन लिने, पानी, बिजुली, स्कुल तथा कलेजको बिल भुक्तानीदेखि लिएर धेरै सुविधा डिजिटल माध्यमबाटै गर्न सकिने सुविधा छ ।

बैंकको डिजिटल बैंकिङअन्र्तगत ग्लोबल स्मार्ट, ग्लोबल अनलाइन, क्यु आर कोड भुक्तानी, अनलाइन फिक्स्ड डिपोजिट, मिस कल बैंकिङ, भाइबर बैंकिङ सञ्चालनमा छन् । बैंकले यीबाहेक सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । बैंकले बेला–बेला निःशुल्क स्वास्थ्य शिविर, आर्थिक सहयोगलगायत कार्य पनि गर्दै आएको छ ।

सबैभन्दा धेरै कर तिर्ने बैंक

ग्लोबल आईएमई बैंकले नेपालको बैंकिङ इतिहासमै सबैभन्दा धेरै कर तिर्ने बैंक बनेर गत वर्ष इतिहास रचेको थियो । बैंकले आर्थिक वर्ष ०७८/७९ मा ३ अर्ब २० करोड रूपैयाँ कर दाखिला गरी नेपाल सरकारबाट सम्मान थापेको छ ।

बैंकको १२ वर्षे लाभांश इतिहास

चुक्ता पुँजीको आधारमा सबैभन्दा अब्बल बनेको यस बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ९ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकले यस वर्ष १ प्रतिशत बोनस र कर प्रयोजनका लागि ८ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले १२ वर्षको अवधिमा सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०७५/७६ मा बाँडेको थियो ।

सो वर्ष बैंकले आफ्ना लगानीकर्तालाई २५.५० प्रतिशत लाभांश बाँडेको थियो । हरेक वर्ष बोनस शेयरमा जोड दिदै आएको बैंकले सोही वर्ष सबैभन्दा धेरै नगद लाभांश पनि वितरण गरेको थियो ।  आर्थिक वर्ष ०७५/७६ मा बैंकले १२.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १२.७५ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो ।

बैंकले हरेक आर्थिक वर्षमा शेयरधनीहरूलाई नगद लाभांशभन्दा बोनस शेयर धेरै दिँदै आएको छ । यस्तै, बैंकले आर्थिक वर्ष ०६८/६९ मा बोनस र नगद गरी १३ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले यस वर्ष ३ प्रतितश बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश दिएको थियो ।

त्यसैगरी, आव ०६९/७० मा बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर मात्रै दिएको थियो भने आ.व. ०७०÷७१ मा पनि आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस आर्थिक वर्ष बैंकले २१ प्रतिशत बोनस र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

बैंकले आर्थिक वर्ष ०७१/७२ मा लगानीकर्तालाई बोनस शेयर मात्र वितरण गरेको थियो । यस आर्थिक वर्षमा बैंकले आफ्ना लगानीकर्तालाई २३ प्रतिशत लाभांश वितरण ग–यो । आव ०७२÷७३ मा बैंकले १६ प्रतिशत बोनस शेयर मात्रै दिएको थियो ।

बैंकले आर्थिक वर्ष ०७३/७४ मा लगानीकर्तालाई नगद र बोनस गरी २० प्रतिशत लाभांश वितरण गरेको थियो । यस वर्ष बैंकले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश  वितरण गरेको थियो ।

बैंकले आर्थिक वर्ष ०७४/७५ मा पनि लगानीकर्तालाई १६ प्रतिशतको दरले लाभांश वितरण गरेको छ । आर्थिक वर्ष ०७६/७७ मा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

बैंकले आर्थिक वर्ष ०७७/७८ मा लगानीकर्तालाई १३.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यस वर्ष बैंकले आफ्ना लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर, कर प्रयोजनसहित ३.५० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

त्यसैगरी, बैैंकले आव ०७८/७९ मा ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १०.६ प्रतिशत नगद गरी कुल १३.६ प्रतिशत लाभांश दिएको थियो ।

ग्लोबलको उदय र मर्जर इतिहास

२०६३ सालमा १८औं वाणिज्य बैंकको रूपमा स्थापित ग्लोबल आईएमई बैंक १ अर्ब ५० करोड चुक्ता पूँजीसहित स्थापना भएको थियो । यो बैैंकको स्थापनासँगै नेपालमा बैंकहरूको स्थापनाको लहर नै चलेको थियो । २१ वटा बैंक तथा वित्तीय संस्थासँग गाभिएर बनेको ग्लोबल आईएमई अहिले सबैभन्दा ठूलो बैंक बनेको छ । यो बैंकको मर्जरको इतिहास ०६८ माघ २० देखि सुरु हुन्छ । ग्लोबल आइएमईलाई गाभिएर सफल भएको नेपाली बैंक तथा वित्तीय कम्पनीको उदाहरणका रूपमा हेर्ने गरिन्छ ।

बैंकले उक्त समयमा आईएमई फाइनान्सिएल इन्स्ट्यिुटलाई मर्ज गरेको थियो । यो मर्जर बैंक तथा वित्तीय संस्थाहरूमै सबैभन्दा पहिलो मर्जर थियो । उक्त समयमै लर्डबुद्ध फाइनान्सलाई पनि गाभेको थियो । तीन संस्था गाभिएपछि संस्थाको नाम ०६९ असार २५ गतेदेखि ग्लोबल आइएमई रहेर एकीकृत कारोबार भएको थियो ।

त्यसपछि सोसल डेभलपमेन्ट बैंकलाई गाभेको बैंकले यो सिलसिलालाई निरन्तरता दिइरह्यो । सोही समयमा गुल्मी विकास बैंक पनि गाभियो । त्यसपछि कमर्स एण्ड ट्रस्ट बैंकलाई गाभेर सन् २०१६ मा दुई संस्था प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंकसँग पनि मर्ज गर्ने प्रक्रिया अगाडि बढायो । ती दुई संस्था पनि बैंकमा मर्ज भए भने रिलायबल बैंकमा त्यसअघि नै कन्जुमर डेभलपमेन्ट बैंकलगायत तीन वटा विकास बैंक मर्ज भइसकेका थिए ।

त्यसपछि हाथवे फाइनान्स पनि ग्लोबल आईएमई बैंकसँग गाभियो । त्यसपछि अर्कोे वाणिज्य बैंक जनता बैंकसँग मर्जर भयो । नेपालको बैंकिङ इतिहासमा यस मर्जरलाई सबैभन्दा ठूलो र सफल मर्जरका रूपमा हेर्ने गरिन्छ । जनता बैंक र ग्लोबल आईएमईले मर्जरपछि ०७६ मंसिर २० बाट एकीकृत कारोबार सुरु गरेका थिए ।

त्यसपछि बैंक अफ काठमाण्डूलाई गाभेपछि नेपालकै नम्बर वान बैंक बनेको छ । मर्जरलाई नै सफल रूपमा व्यवस्थापन गरेका कारण आज अब्बल बैंकका रूपमा ग्लोबल आईएमई बैंक चिनिन थालेको हो । यस कारण पनि ग्लोबल आइएमई बैंकलाई मर्जर नीतिमा सफल र रोल मोडल बैंकको रूपमा मान्न सकिन्छ ।

बजार विस्तारमा ग्लोबलको रणनीति

देशका सबै जिल्लामा बैंकिङ सेवा पु¥याउने लक्ष्य ग्लोबलको रणनीतिअन्र्तत पर्दछ । जसमा बैंकले सफलता हासिल गरिसकेको पनि छ । ग्लोबल अहिले देशको ७७ वटै जिल्लामा पुगिसकेको छ । बैंकको ३ सय ५५ शाखा, ३ सय ७६ एटिएम, ३ सय २२ शाखारहित बैंकिङ इकाइ, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै बेलायतको लन्डन, भारतको नयाँदिल्ली र अस्ट्रेलियाको सिड्नीमा गरी तीन वटा वैदेशिक सम्पर्क कार्यालयमार्फत समेत बैंकिङ सेवा दिइरहेको छ । जसले ग्राहकहरूलाई ठूलो दायराको बैंकिङ सेवाहरू प्रदान गरिरहेको छ ।

विदेशबाट रेमिट्यान्स भित्राउनको लागि थप मार्केटिङ विस्तार गर्ने रणनीति बैंकले लिएको छ । विदेशमा पनि ग्लोबलले आफ्नो प्रतिनिधि कार्यालयहरू खोलेका छन् । त्यसलाई थप बढाउँदै लैजाने योजना बैंकको छ ।

पाँच वर्षको लागि बैंकको ‘लक्ष्य २०२५’ को रणनीतिक कार्यक्रम सञ्चालनमा छ, जुन कार्यक्रम लक्ष्यनजिक पुगिसकेको बैंकले जनाएको छ । ‘लक्ष्य २०२५’ मा धेरै कुराहरू समेटिएको छ । जसमध्ये डिजिटलाइजेशनमा केन्द्रीत हुने, ‘अटोमेशन’ गर्ने, डिजिटल प्रडक्ट बिक्री गर्नेलगायत छन् । ‘प्रोसेस रिइन्जियरिङ’ गर्दै उत्पादकत्व बढाउने र ग्राहकहरूलाई बैंकमा नआइकन बैंकिङ कारोबार गर्न सक्ने अवस्थामा पु¥याउने रणनीति बैंकको छ । बैंकले सन् २०२५ सम्ममा आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ ।

ग्राहकको थप विश्वास जित्न र बैंकलाई अझै उचाइमा पु¥याउन डिजिटल प्रविधिलाई थप प्रभावकारी बनाउने, सन्तुलित व्यवसाय विस्तारमा जोड दिएर अघि बढ्ने बैंकको भावी योजना छ ।