NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते
बालकुमारी घटना :

प्रजिअले ‘गोली नचलाउनू भनेर आदेश दिँदादिँदै गोली चल्यो’ : गृहमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा कुनै हालतमा गोली नचलाउनू भनेर आदेश दिँदादिँदै गोली चलेको रिपोर्ट आफूसँग रहेको जिकिर गरेका छन् ।

संसदीय समितिको बैठकमा घटनाबारे जानकारी दिँदै मन्त्री श्रेष्ठले ललितपुरका प्रमुख जिल्ला अधिकारीले ‘कुनै पनि हालतमा गोली नचलाउनू भनेर आदेश दिँदादिँदै’ गोली चलेको रिपोर्ट आफूसँग रहेको बताएका हुन् ।

उनले घटनामा सुरक्षा कमजोरी भएको स्वीकार गर्दै फिल्डमा खटिएका प्रहरीको कमाण्डर, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ र इपीएस कार्यालय प्रमुखको भूमिकामा त्रुटि भएको बताए ।

इपीएस कार्यालय प्रमुखको भूमिका पनि सकारात्मक नदेखिएकाले उनलाई जिम्मेवारीबाट हटाइसकेको जानकारी दिँदै ललितपुरको प्रमुख जिल्ला अधिकारी, ललितपुरका प्रहरी प्रमुख (एसएसपी) र फिल्ड कमाण्डमा खटिएका प्रहरी कमाण्डर (डीएसपी)लाई पनि जिम्मेवारीबाट हटाइएको मन्त्री श्रेष्ठले बताए ।

अनुसन्धानमा सघाउ होस् भनेर उनीहरुलाई जिम्मेवारीबाट हटाइएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष