डीआईजी केसीको ‘सम्बन्धको दोबाटो’ सार्वजनिक

काठमाडौं । प्रहरी नायब महानिरीक्षक डीआईजी एवं कथाकार रवीन्द्र केसीको कथाकृति ‘सम्बन्धको दोबाटो’ सार्वजनिक भएको छ । शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलगायतले कथाकृति बिमोचन गरे ।
कृति सार्वजनिक गर्दै महानिरीक्षक कुँवरले प्रहरीमा सेवारत थुप्रै सहकर्मीहरूले साहित्यमा ख्याति कमाएको स्मरण गर्दै सहकर्मीहरूबाट यसरी कृति आउनु खुसीको विषय भएको बताए । राज्यको कानुन कार्यान्वयन गर्ने, भौतिकदेखि बौद्धिक सम्पत्ति संरक्षणको जिम्मेवारी पाएको नेपाल प्रहरी सुरक्षाको अलावा साहित्य, कला तथा संस्कृति संरक्षण तथा संवद्र्धन गर्ने क्षेत्रमा समेत तल्लीन रहँदै आएको उनको भनाइ थियो ।
प्रहरी सेवा र साहित्य रबाना फरक विधा जस्तो लागेता पनि कला, साहित्य र सिर्जना हरेक कार्य प्रकृतिसँग अन्तरसम्बन्धित रहने टिप्पणी उनले गरेका थिए । नागरिक सेवामा खटिँदा देखेरभोगेका विषयलाई समाजको दर्पणको रूपमा सर्जकले लिपिबद्ध गरी भरपुर सुगन्ध पस्केको उनले बताए । यस्तै डा. ध्रुवचन्द्र गौतम र हरि अधिकारीले समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै कथाकार केसी प्रहरी सेवाका साथै साहित्यमा समेत सफल रहेको धारणा राखे ।
कथाकार केसीले जीवनका विविध आयामहरू आफ्ना कथाहरूमा समेटिएको उल्लेख गरे । कार्यक्रममा ज्ञानु अधिकारी, राजकुमार बानियाँलगायतले पनि बोलेका थिए ।
शिखा बुक्सले बजारमा ल्याएको पुस्तकको मूल्य ४६५ रूपैयाँ रहेको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया