फोटोनले ल्यायो हाई रुफ ईभी भ्यान, के-के छन् विशेषता ?
काठमाडौं । फोटोनको हाइ रुफ ईभी भ्यान नेपालमा सार्वजनिक गरिएको छ । सोमबार एक कार्यक्रममा आयोजना गर्दै उक्त भ्यान सार्वजनिक गरिएको हो ।
कम्पनिका अनुसार ५७ लाख रुपैयाँ (१५ सिटर) को मूल्यमा फोटोन नेपालले ८० प्रतिशत फाइनान्सिङको सुविधा प्रदान गर्ने छ ।
फोटोनले गाडीको स्थायित्वका लागि तीन लाख किमी वा ५ वर्षको वारेन्टी प्रदान गर्दछ । हाई रुफ ईभी भ्यानमा ८५ किलोवाटको पावर फराकिलो भित्री भाग र आरामदायी सवारीको लागि फुल एसी रहेको छ ।
कम्पनीका अनुसार यो गाडीमा ५०.२३ किलोवाट पावरको क्याटल ब्याट्री रहेको छ ।
‘फोटोन हाई रुफ ईभी भ्यान यस सेग्मेन्ट अन्तर्गत, यसको उन्नत प्रविधिको लागि मात्र नभई यसको विशाल इन्टेरियरका कारण चालक र यात्रुहरू दुवैका लागि अतुलनीय आरामको सुनिश्चितताका लागि पनि विशिष्ट रहेको छ । यसको कम मर्मत खर्चले सवारी धनीहरूलाई थप बचत गर्न पनि सघाउँछ । भ्यानलाई नेपालको मालिक सडक अवस्थाका लागि सावधानीपूर्वक डिजाइन गरिएको छ ।’ फोटोन नेपालका सेल्स हेड नवीन आचार्यले भने ।
एमएडब्लूका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालका अनुसार फोटोन निर्माता मात्र हैन नयाँ प्रविधिसँग अद्यावधिक रहने इनोभेसनको आर्किटेक्ट हो ।
उनले भने ‘फोटोनले नेपाल भरका ईभी चार्जिङ स्टेशनहरूमा सक्रिय रूपमा लगानी गरिरहेको छ । नेपालको समृद्ध जलस्रोतलाई मान्यता दिँदै पेट्रोल र डिजेलमाथिको कम निर्भरताले मुलुकको समग्र आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने छ ।’
ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया