भूकम्पप्रभावितका लागि प्रधानमन्त्री सहायता कोषमा २८ करोड सङ्कलन

काठमाडौं । जाजरकोट भूकम्पप्रभावितका लागि सञ्चालित प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु २८ करोड रकम सङ्कलन भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार कोषमा बुधबारसम्म विभिन्न संस्था तथा व्यक्तिबाट कूल रु २७ करोड ९१ लाख ८९ हजार आठ सय ९९ जम्मा भएको छ । उनले कूल एक सय १७ भन्दाबढी सङ्घसंस्था तथा व्यक्तिबाट उक्त रकम जम्मा भएको जानकारी दिए।
गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प भएको थियो । उक्त भूकम्पबाट ६७ हजार बढी परिवार प्रभावित भएका छन् । भूकम्पप्रभावित क्षेत्रमा सरकारको सहयोगमा अस्थायी आवास निर्माणकाक्रम जारी छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया