NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौं । बुधबार घटेको सुनको मूल्य बिहीबार पनि घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १३ सय रूपैयाँले घटेर एक लाख १९ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख १८ हजार ९५० सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज बजारमा चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँ घटेर एक हजार चार सय २० रूपैयाँ कायम गरिएको छ।