NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

अदालतबाट हतकडीसहित भागेका थुनुवा पक्राउ

काठमाडौं । नेपाल प्रहरीले जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार थुनुवालाई पक्राउ गरेको छ ।

प्रहरीले बुधबार बिहान फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्कालाई काठमाडौं महानगरपालिका–३२ जडीबुटीबाट आज बिहान पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले प्रहरी वृत्त महाराजगञ्जबाट थुनछेक बहसका लागि अदालत लैजाने क्रममा खड्का हतकडीसहित फरार भएको बताए।

फरार भएका खड्कालाई प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले खोजतलास गर्दा फेला पारेको हो । प्रहरीले डलर देखाएर लुटपाट गरेको अभियोगमा खड्कालाई पक्राउ गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष