सत्ता गठबन्धन बैठक : राष्ट्रिय सभामा एमालेलाई सिट दिन नेता नेपालको असहमति
काठमाडौं । बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनका दलहरूको बैठक निष्कर्षविहीन भएको छ ।
राष्ट्रिय सभामा नेकपा एमालेसँग सिट बाँडफाँट गर्ने विषयमा सहमति नजुट्दा दलहरूले आन्तरिक रूपमा छलफल गर्ने र बिहीबार साँझ पुन: गठबन्धन बैठक बस्ने समझदारी बनेको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार एमालेलाई पनि सिट बाँडफाँट गर्ने कुरा सैद्धान्तिक र रणनीतिक रुपमा गलत भन्दै माधव नेपाल प्रस्तुत भएपछि बैठक स्थगित भएको हो ।
माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा यही पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ। त्यसअघि नै कुन दलले कति सिट लिने भन्ने विषयमा दलहरू सहमतिमा पुग्न छलफल गरिरहेका छन्।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया