चिसो बढ्न थालेपछि कैदीबन्दीलाई न्यानो कपडा वितरण
चितवन । चिसो बढ्दै गएपछि कारागार कार्यालय चितवनले कैदीबन्दीलाई न्यानो कपडा वितरण गरेको छ । कार्यालयमा रहेका सात सय २३ कैदीबन्दी र उनीहरुसँग आश्रित चार बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।
कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार जाडो समयमा सिरक, डसना र लगाउने न्यानो कपडाको व्यवस्था गरिएको हो । यस्तै चिसोले समस्या नहोस् भनेर आगो ताप्न दाउराको व्यवस्था गरिएको उनले बताए। कार्यालयले महिला कैदीबन्दीहरुलाई आगो ताप्नका लागि दाउराको व्यवस्थापन गरेको जनाएको छ । महिला कैदीबन्दीसँग चार नाबालक रहेकाले उनीहरुलाई लक्षित गर्दै दाउराको व्यवस्था गरिएको हो ।
यस कार्यालयमा अहिले ४२ महिला र छ सय ६१ पुरुष कैदीबन्दी रहेका आचार्यले जानकारी दिए । उनका अनुसार अहिले यस कार्यालयमा क्षमताभन्दा झन्डै दुई सय बढी कैदीबन्दी रहेका छन् । चार सय ७५ पुरुषको र ३० जना महिलाको क्षमता रहेको आचार्यले बताए । यहाँ छिमेकी जिल्ला नवलपुर (नवलपरासी–बर्दघाट सुस्ता पूर्व) बाट समेत कैदीबन्दी ल्याउने गरिएको उनको भनाइ थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया