‘गंगा आरतीको भिडिओ खिच्न नपाइने’ भनी जारी सूचनामा पशुपति क्षेत्र विकास कोषको आपत्ति
काठमाडौं । पशुपतिनाथ मन्दिर परिस र सन्ध्या आरतीमा फोटो र भिडियो खिच्ने नपाइने भनी प्रकाशित सूचनाको चौतर्फी आलोचना पछि पशुपति क्षेत्र विकास कोषले प्रस्टीकरण दिएको छ ।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न मनाही भएको भनी जारी भएको सूचनामा कोषको संलग्नता नभएको बताएको छ।
बुढासुब्बा डिजिटलले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न मनाही छ भन्दै सूचनापाटी राखेको थियो । साथै उक्त कम्पनीले त्यहाँ खिचिएका भिडियो सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐन अन्तर्गत कारबाही हुने चेतावनी पनि दिएको थियो ।
आज पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले सूचना जारी गर्दै त्यसरी निकालिएको सूचनामा कोषको नाम र लोगो प्रयोग भएकोमा आपत्ति जनाएको छ ।
सूचनामा भनिएको छ, ‘लोगो प्रयोग गरी कोषको नाम समेत राखी सूचना प्रकाशित भएकोमा कोषको असहमति रहेको छ । उक्त सूचना प्रकाशित प्रति कोषको कुनै पनि संलग्नता नरहेको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौँ।’
कोषका प्रशासन प्रमुख रेवतीरमण अधिकारीले भक्तजनलाई फोटो र भिडियो खिच्न रोक नलगाइएको दाबी गरे । उनले मन्दिरभित्रै भिडियो र फोटो खिचेको सार्वजनिक भएपछि त्यसलाई नियमन र नियन्त्रण गर्न मात्रै ठेक्का दिएको बताए ।

ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया