जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १६१ पुग्यो
शिका । जापानमा अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ । दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् भने अन्य धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको छ ।
मध्य इशिकावा क्षेत्रमा ७.५ म्याग्नीच्यूडको भूकम्पका कारण भवनहरू भत्केको, आगलागी भएको र एक मिटरभन्दा अग्लो सुनामीको छाल आएको साथै भूकम्प र यसबाट निम्तिएका दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ भने १०३ जना अझै हराइरहेका अधिकारीहरूले बताएका छन् ।
सोमबार भूकम्प आएको नोटो प्रायद्वीपका धेरै समुदायहरू भूकम्पका कारण क्षतिग्रस्त सडकहरूले गर्दा राजमार्ग तथा सडक सञ्जालबाट टाढा हुनुपरेको छ । अनुमानित एक हजार पहिरोहरूमध्ये केहीले सडकमार्गलाई पुरेको वा भत्काएका कारणत्यहाँ सहायताका लागि पठाइएका यातायातका साधनहरू पनि बाटोमा नै अलपत्र बनेका छन् ।
पछिल्लो दुई दिनयता यस क्षेत्रमा हिउँ परेको छ र केही क्षेत्रमा रातभर १० सेन्टिमिटर (चार इन्च) भन्दा बढी पानी परेको छ ।
सुजु शहरमा भत्किएको घरको भग्नावशेषमुनि ९० बर्षभन्दा बढी उमेरकी एक महिलालाई पाँच दिनपछि शनिबार जीबितै उद्धार गरिएको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया