अध्यक्ष करण चौधरीको अध्यक्षतामा नाडाको नयाँ केन्द्रीय कार्य समिति गठन
काठमाडाैं । शुक्रबार काठमाडाैंमा सम्पन्न भएको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४७ औं वार्षिक साधारण सभाले करण चौधरीलाई अध्यक्ष पदमा सर्व सम्मत रुपमा निर्वाचित गरेको थियो । त्यसैगरी सो साधारण सभाले १७ जना केन्द्रीय कार्य समिति सदस्यहरुलाई समेत सर्व सम्मत रुपमा निर्वाचित गरेको थियो ।
आइतबार नव निर्वाचित अध्यक्ष चौधरीको अध्यक्षतामा बसेकोे नाडा केन्द्रीय कार्य समितिको पहिलो बैठकले नाडाको विधान २०७१ को संशोधित विधान २०८० बमोजिम निम्म बमोजिमका पदाधिकारीहरु सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । निवर्तमान अध्यक्ष डा. ध्रुव थापा, बरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा, संस्थागत उपाध्यक्षमा पुष्कर ओझा र तेजनारायण साह, अन्य उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठलाई चयन गरेको छ ।
त्यसैगरी सो बैठकले महासचिवमा, सुरेन्द्रकुमार उप्रेती, सचिवमा विक्रम सिंहानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल, सहकोषाध्यक्षमा पंकज अग्रवाललाई निर्वाचित गरेको छ । यसैक्रममा सो बैठकले संस्थागत सदस्यहरुमा सञ्जयकुमार श्रेष्ठ, कुलबहादुर क्षेत्री, कृष्णप्रसाद श्रेष्ठ, गणेशप्रसाद भट्टराई, भद्र भण्डारीलाई निर्वाचित गरेको छ ।
त्यसैगरी सो बैठकले केन्द्रीय कार्य समितिको सदस्य पदमा सुनिल रिजाल, प्रकाश कपुरी, कपिल शिवाकोटी, प्रदिपमान प्रधान, यमुना श्रेष्ठ, संजयकुमार खेतान, नवराज भुषाल, ऋद्धि कार्की, दिपेन्दकुमार मिश्र,र सौरभ थापालाई निर्वाचित गरेको छ । यसै परिपे्रक्ष्यमा नाडाको उक्त विधान बमोजिम नव निर्वाचित अध्यक्ष चौधरीले मेघराज पौडेल, निलमणी पाठक र सोहन श्रेष्ठलाई सोही केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनित गरेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया