NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

ट्रायल दिन आएको व्यक्तिको नाममा पहिले नै लाइसेन्स !

काठमाडौं । यातायात व्यवस्था विभागले गठन गरेको छानबिन समितिले गरेको छानबिनका क्रममा नागरिकको विवरणमा गम्भीर खेलबाड गरिएको भेटेको छ ।

एउटै व्यक्तिका नाममा दुईवटा लाइसेन्ससमेत छानबिनका क्रममा भेटिएको छ । सवारी लाइसेन्सका लागि लिखित पास गरेर ट्रायलका लागि आएकी एक महिलाको नाममा पहिले नै लाइसेन्स जारी भएकोसम्म भेटिएको छ ।

त्यस्तै, एकजना महिलाको नाममा बसको लाइसेन्स जारी भएको छ । उनी नेपालभर बसको लाइसेन्स पाउने एक मात्र महिला रहेको देखिन्छ । यसलाई पनि समितिले शंकास्पद भनेको छ । एकजना नेपाल सरकारका पूर्वसचिवका नाममा लाइसेन्स नम्बर छ । तर, उनको नाममा अर्कैले लाइसेन्स बनाइसकेकोसम्म पनि भेटिएको छ ।

आपत्कालीन अवस्थाका नाममा गैरकानुनी तरिकाले रकम लिएर लाइसेन्स जारी गरिएको पनि देखिएको छ ।