सन्दीप लामिछानेमाथि आज सजाय तोक्दै अदालत
काठमाडौं । जिल्ला अदालत, काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आज सजाय तोक्दै छ ।
लामिछाने पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा दोषी ठहर भएका थिए । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि दोषी ठहर गरेका थिए भने सजाय तोक्न आजको (पुस २५ गतेको) पेसी तोकेका थिए ।
अदालतले गौशाला २६ नाबालिग नभएको ठहर गरेकाले सन्दीपलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुने सम्भवना रहेको छ ।
अपराध संहिता २०७४ को दफा २१९(१),(२),(३) ङ बमोजिम १८ वर्षभन्दा माथिकालाई बलात्कार गरेको ठहर भएमा ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया