सन्दीप लामिछानेमाथि आज सजाय तोक्दै अदालत

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आज सजाय तोक्दै छ ।
लामिछाने पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा दोषी ठहर भएका थिए । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि दोषी ठहर गरेका थिए भने सजाय तोक्न आजको (पुस २५ गतेको) पेसी तोकेका थिए ।
अदालतले गौशाला २६ नाबालिग नभएको ठहर गरेकाले सन्दीपलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुने सम्भवना रहेको छ ।
अपराध संहिता २०७४ को दफा २१९(१),(२),(३) ङ बमोजिम १८ वर्षभन्दा माथिकालाई बलात्कार गरेको ठहर भएमा ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
ताजा अपडेट
-
एम्बुलेन्स र स्कुल भ्यान ठोक्किदा एकको मृत्यु, पाँच घाइते
-
विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत
-
यातायात व्यवसायीसँग छलफल गर्न वार्ता समिति गठन
-
काठमाडौं उपत्यकामा दुई वटा बसबाट यात्रुलाई नि:शुल्क सेवा दिँदै प्रहरी
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया