बमजनको घरमा छापा मार्दा भेटियो ३ करोडभन्दा बढी नगद

काठमाडौं । मंगलबार साँझ पक्राउ परेका रामबहादुर बमजनको बुढानीलकण्ठस्थित निवासबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ।
तपश्वीको भेषमा अपराधको श्रृंखला मच्चाएको आरोपमा पक्राउ परेका बमजनको घरमा छापामार्दा विदेशी मुद्रासहित नेपाली रूपैयाँ बरामद भएको प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
सीआईबी प्रमुख किरण बज्राचार्यका अनसुार नगदबाहेक १५ वटा मोबाइल, ल्यापटप र ३५ वटा पेन ड्राइभ पनि बरामद भएको छ ।
‘बमजनको घरबाट बरामद नेपाली रूपैयाँ गनेर सकियो। तीन करोड तीस लाख ७५ हजार रहेछ। सबै हजार हजारको गड्डीहरू भेटिएको छ। अब बरामद भएको विदेशी पैसा गन्न बाँकी छ। डलर लगायत अरू पनि करेन्सी छन्,’ ब्रजाचार्यले भनिन्।
लिटिल बुद्ध उपनामले परिचित बमजनलाई आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया