क्रिकेटर लामिछानेलाई ८ वर्ष कैद सजाय हुने

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्षको कैद सजाय तोकेको छ ।
न्यायधीश शिशिरराज ढकालको इजलासले आज उनलाई यो सजाय तोकेको हो । यसका साथै उनीबाट ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भरपाई गर्ने आदेश पनि दिइएको छ ।
लामिछाने पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा दोषी ठहर भएका थिए । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि दोषी ठहर गरेका थिए भने सजाय तोक्न आजको (पुस २५ गतेको) पेसी तोकेका थिए ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया