क्रिकेटर लामिछानेलाई ८ वर्ष कैद सजाय हुने
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्षको कैद सजाय तोकेको छ ।
न्यायधीश शिशिरराज ढकालको इजलासले आज उनलाई यो सजाय तोकेको हो । यसका साथै उनीबाट ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भरपाई गर्ने आदेश पनि दिइएको छ ।
लामिछाने पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा दोषी ठहर भएका थिए । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि दोषी ठहर गरेका थिए भने सजाय तोक्न आजको (पुस २५ गतेको) पेसी तोकेका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया