NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

आजको मौसम : यी दुई प्रदेशमा आंशिक बदली

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख भए अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

त्यस्तै राति पनि कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष