NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा सर्वसम्मत

टीकापुर । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत भएका छन् ।

निर्धारित समयमा चौधरीको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत भएका हुन् । अध्यक्षमा उम्मेदवारीका लागि शुक्रबार दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको थियो ।

रोशन थापा प्रस्तावक र सानु शाक्य समर्थक रहेर चौधरीले अध्यक्षमा उम्मेदवारी दिएका थिए। यसअघि रेशमकी पत्नी रञ्जिता श्रेष्ठ पार्टी अध्यक्ष थिइन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी चयन भएकी छन्। अन्य पदमा एकभन्दा बढी उम्मेदवार परेकोले सहमतिको प्रयास भइरहेको छ।

चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशले रञ्जिताको नेतृत्वमा दल बनाएकी थिइन् । राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर छुटेपछि रेशम पार्टी राजनीतिमा सक्रिय छन् ।

ताजा अपडेट

नेपालवाच विशेष