बिनोदले जिते ‘द भ्वाइस अफ नेपाल सिजन ५’ को उपाधि
काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ५’ को उपाधि बिनोद राईले जितेका छन् ।
शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा भएको ग्राण्ड फिनालेमा टिम मिलन नेवारबाट प्रतिस्पर्धा गरेका राई विजेता घोषित भएका हुन् ।
जितसँगै उनले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन् ।
त्यस्तै टिम राजेश पायल राईबाट मकरबहादुर योञ्जन फर्स्ट रनरअप घोषित भए भने टिम उदय सोताङबाट कुमार प्रयास सेकेन्ड रनरअप हुँदा टिम प्रमोद खरेलबाट नोगेन लिम्बु थर्ड रनरअप बने।
दर्शकको सर्वाधिक भोटको आधारमा विजेता घोषित गरिएको आयोजकले जनाएको छ ।
फिनालेमा कोच मिलन नेवार, उदय सोताङ, प्रमोद खरेल र राजेशपायल राईले आफ्नो टीमका फाइनलिस्टसँगै प्रस्तुति दिएका थिए भने भ्वाइसको पाँचौ सिजनका अन्तिम १२ का प्रतिस्पर्धीसहित दोहोरी गायक राजु परियार र बद्री पँगेनीले पनि प्रस्तुति दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया